निरंकुश बन्दै एमाले : भीम रावल पार्टीबाट निष्काशन, पाण्डे र तिमल्सेना ६ महिनाका लागि पदबाट निलम्बन

HTV Khabar ११ पौष २०८१, बिहीबार ०८:०५ मा प्रकाशित

काठमाडौं, नेकपा (एमाले) ले पार्टीका तीनजना नेताहरूलाई कारबाही गरेको छ।सचिवालय बैठकले पूर्वउपाध्यक्षसमेत रहेका भीम रावल, स्थायी कमिटी सदस्य डा.विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई कारबाही गरेको हो।

पूर्वउपाध्यक्ष रावललाई पार्टीको साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निस्काशित गरिएको छ। यस्तै, नेतृद्वय पाण्डे र तिमल्सेनालाई ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरिएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्।