लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'एम' नेपालका को-चिफ एड्भाईजर ताराप्रसाद त्रिपाठी मन्त्रीद्वारा सम्मानित

सबिन पन्त 'पृथक' २ भाद्र २०८१, शनिबार ०८:११ मा प्रकाशित

काठमाडौं, लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपालका को-चिफ एड्भाईजर तारा प्रसाद त्रिपाठी समर्पित भएर समाजसेवामा गरेबापत सम्मानित भएका छन्। 

काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा आयोजित राष्ट्र संरक्षण साप्ताहिकको १७औं साधारणसभाको अवसरमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले समाजसेवी त्रिपाठीलाई सम्मान गरेका हुन्। 

समाजसेवी त्रिपाठीले आफ्नो कर्मद्वारा राष्ट्रको सामाजिक तथा आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको कारण यो सानो भएपनि सम्मान गरेर उहाँको समाजसेवा र आफ्नो कर्ममा बढ्ने पाइलालाई दह्रिलाे बनाउन चाहेको राष्ट्र संरक्षण साप्ताहिकका प्रकाशक तथा अध्यक्ष के.बि.सम्राटले एचटिभी खबरलाई बताए। 

सम्मानित त्रिपाठी लायन्स क्लब अफ काठमाडौं साझा फूलबारीका पूर्व अध्यक्ष हुन्। उनले समाजमा रहेका समस्या र बिकृती हटाउन साथै दु:खी गरीबको पीडामा मलहम लगाउन विभिन्न सहयोग गर्दै आएका छन्।