नयाँ सत्ता समीकरण : काङ्ग्रेस-एमालेको सरकार बन्ने

HTV Khabar १९ असार २०८१, मङ्गलबार ०९:१८ मा प्रकाशित

काठमाडौं,  कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणका लागि सहमति भएसँगै दुवै दल आन्तरिक छलफलमा जुटेका छन्। कांग्रेस पदाधिकारी बैठक अहिले बस्दै छ भने एमाले नेताहरू पनि आन्तरिक छलफलमा जुट्दै छन्।

स‌ंसद्का दुई ठूला दल कांग्रेस र एमाललेले संविधान संशोधनको एजेन्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउन हिजो मध्यराति सहमति गरेका हुन्।

दुई दलबीच पहिलो डेढ वर्ष एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नु हुने छ भने त्यसपछि कांग्रेस सहमति देउवाको नेतृत्वमा सरकार बन्ने छ। सरकारको नेतृत्व गर्ने दलले ९ र सहयोग गर्ने दलले दश मन्त्रालय लिने सहमति पनि भएको छ।

मध्यरातमा भएको यो सहमतिसँगै निर्वाचनयता डेढ वर्षको बीचमा ३ पटक गठबन्धन फेरेका दाहाल नेतृत्वको सरकार विघटनको संघारमा पुगेको छ।