काठमाडौं, नेपाल इटा उद्योग महासंघले इटा उत्पादनमा भारी कटौती गरिएको जनाएको छ। भाउ घटाउँदा समेत इटा बिक्न छाडेपछि उत्पादनमै कटौति गरिएको महासंघले जनाएको छ।
भूकम्पपछि फस्टाएको इटा उद्योग कोभिडपछिको समयमा थला परेको महासंघले जनाएको छ। हाल मुलुकभर रहेका १ हजार २ सय ५४ इटा उद्योग मध्ये ७ सय उद्योगहरु मात्र सञ्चालनमा रहेको र ५ सय भन्दा बढी उद्योग बन्द अवस्थामा रहेका छन्।
हाल सञ्चालनमा रहेका उद्योगहरुपनि ५० देखी ६० प्रतिशको क्षेमतामा मात्रै संचालन भइरहेको महासंघले जनाएको छ।