दाबी नपुगेको भन्दै ‘स्पट फिक्सिङ’ मा आलम र अन्सारीले पाए सफाइ

HTV Khabar १३ चैत्र २०८०, मङ्गलबार ०८:१८ मा प्रकाशित

काठमाडौं, काठमाडौं जिल्ला अदालतले नेपाल टी-२० लिगमा स्पट फिक्सिङको आरोप लागेका पाँच जनाले सफाइ दिएको छ।


न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनीहरुसहित ५ जनामाथि स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सफाइ दिएको हो। अघिल्लो वर्ष पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टी-२० का खेलमा स्पट फिक्सिङ भएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अनुसन्धान अघि बढाएको थियो।


जसमा सिआइबीले नितेश गुप्ता, पूर्व खेलाडी महबुब आलम र आदिल अन्सारीलाई पक्राउ गरेको थियो ।नवीन कँडेल र रवि माझी फरार थिए। पक्राउ परेपछि उनीहरु गतवर्ष तीन लाख रुपैयाँ धरौटीमा छुटेका थिए।