काठमाडौं, सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन्। निर्वाचनमा पन्थीले १४९ मत ल्याएर अध्यक्ष निर्वाचित भएकी हुन्। अर्की प्रत्यासी पवित्रा सुनारले ८७ मत पाइन्।
यसैगरी उपाध्यक्षमा बसन्ती बास्तोला १२८ मतसहित विजयी भइन्। अर्की प्रतिस्पर्धी लोग्शरी कुँवरले १०० मत पाइन्। महासचिवमा राधा खनाल निर्विरोध निर्वाचित भएकी छन्।
सचिवमा उर्बशी बस्न्यात १०७ मतसहित विजयी भइन्। सचिवका निकटतम प्रतिस्पर्धी नुनुता राई चार मतले पराजित भइन्। राइले १०३ मत पाइन्। कोषाध्यक्षमा साजना तामाङ १५ मत अन्तरले निर्वाचित भइन्। तामाङ १२० सहित निर्वाचित हुँदा अर्की प्रतिस्पर्धी मञ्जिमा ढकालले १०५ मत पाइन्।
सदस्यहरुमा कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी निर्वाचित भएका छन्। सञ्चारिका समूहको नवौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भएको थियो।