सर्लाही, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन्। प्रतिपक्ष दलले बहिस्कार गरेको प्रदेशसभा बैठकबाट उनले ६१ मत पाएका हुन्।
मुख्यमन्त्री यादवले राखेको प्रस्ताव बहुमतले पारित भएको घोषणा मंगलवार साँझ सभामुख रामचन्द्र मण्डलले गरेका छन्।