सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

HTV Khabar २९ मंगशिर २०८२, सोमबार ०६:५९ मा प्रकाशित

काठमाडौं,  सरकारले विभिन्न राजनीतिक दल तथा सरोकार भएकाहरूसँग वार्ताका लागि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ।
साेमवार बसेको मन्त्रिपरिषद् बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा समिति गठन गरेको हो। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले साेमवारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए। 

समितिको सदस्यमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन्।