काठमाडौं, मकवानपुरको राक्सिराङ गाउँपालिकाले आज र भोलि (मंगलवार र बुधवार) सार्वजनिक बिदा दिएको छ।
इसाई धर्मावलम्बीहरूले मनाउने क्रिसमसको उपलक्ष्यमा गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो। यो गाउँपालिकामा इसाई धर्मावलम्बीहरूको उल्लेख्य बसोबास रहेको छ।
गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्थाहरू बन्द रहने अध्यक्ष राजकुमार मल्लले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।