काठमाडौं, पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले विहीवार राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य घटाइएको हो। त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको आयल निगमले जनाएको छ।
हवाइ इन्धनको मूल्य भने बढाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ। निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपैयाँले बढाइएको हो। अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ डलर बढाइएको निमगले जनाएको छ।