काठमाडौं, बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा सञ्चालित मन्टेश्वरी तथा प्रिस्कुलहरुको छाता संस्था अपेन बुढानीलकण्ठले कविता वाचन कार्यक्रम आयोजना गर्न लागेको छ।
२१३औं भानु जयन्तीको अवसर पारेर बुढानीलकण्ठ नगरपालिकाकि उपप्रमुख अनिता लामाको प्रमुख आतिथ्यतामा "छ्न्दका सुनौलो दिन-२, २०८३ आयोजना गर्न लागिएको अपेन बुढानीलकण्ठकि अध्यक्ष दीपा रोक्का आचार्यले एचटिभी खबरलाई बताएकी छन्।
उक्त साहित्यिक कार्यक्रम ए वान क्याफे सेकुवा तथा वर्गर हाउस निलोपुलमा आयोजना गरिने पनि रोक्का आचार्यले बताइन्।