विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिले दिए बधाई

HTV Khabar २९ अशोज २०८२, बिहीबार ०८:१५ मा प्रकाशित

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सन् २०२६ को टी–२० विश्वकपमा तेस्रो पटक छनोट हुँदै सफलता हात पारेको अवसरमा बधाई दिएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राष्ट्रपति पौडेलले सम्पूर्ण खेलाडी, प्रशिक्षक टोली र नेपाल क्रिकेट संघ (क्यान) प्रति धन्यवाद ज्ञापन गर्दै यो उपलब्धि निरन्तर परिश्रम, समर्पण र अनुशासनको नतिजा भएको उल्लेख गरेका छन्।

उनले नेपाली टोलीको यो ऐतिहासिक उपलब्धिले राष्ट्रको गौरव बढाएको बताउँदै आगामी विश्वकप यात्रामा अझ ठूलो सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरेका छन्। साथै, उनले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान उजागर गर्न खेलेको भूमिकाको प्रशंसा समेत गरे।