गृहमन्त्री लेखक र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता​​

HTV Khabar ४ श्रावण २०८१, शुक्रबार ०३:२८ मा प्रकाशित

काठमाडौं,  गृहमन्त्री रमेश लेखक र नेपालका लागि अमेरिकी राजदूत डीनआर थम्पसनबीच भेटवार्ता​​ भएको छ।

​सिंहदरबारस्थित मन्त्रालयमा शुक्रबार दिउँसो उनीहरूबीच भेटवार्ता भएको हो। भेटका क्रममा राजदूत थम्पसनले नवनियुक्त गृहमन्त्री लेखकलाई बधाई तथा शुभकामना दिएका थिए।भेटमा नेपाल-अमेरिका सम्बन्धका विविध आयाम र विकास सहकार्यबारे छलफल भएको छ।