ललितपुरको दुई स्थानमा पालिएका बंगुर र सुंगुरमा देखियो अफ्रिकन स्वाइन फिबर

HTV Khabar ३१ कार्तिक २०८१, शनिबार ०७:१४ मा प्रकाशित

काठमाडौं, ललितपुरको दुई स्थानमा पालिएका केही बंगुर र सुंगुरमा अफ्रिकन स्वाइन फिबर देखिएको छ।


ललितपुर महानगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै चुनिखेल, नख्खु करीडोर क्षेत्रमा बंगुर र संगुरमा लाग्ने अफ्रिकन स्वाइन फिबर देखा परेको जनाएको हो।


महानगरका पशु सेवा शाखा प्रमुख राजेन्द्र बिष्टका अनुसार गत २५ कात्तिकमा केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरको पीसीआर रिर्पोटबाट उक्त रोग पुष्टि भएको जनाएको छ।


विज्ञप्तीमा बंगुर र सुंगुर पालक कृषक तथा व्यवसायीहरूले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।