काठमाडौं, अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्।
घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कान नेरबाट गालासम्म रगत बगेको देखिन्छ। उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्याएका थिए। पेन्सिलभेनियामा चुनावी र्याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो।
प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्डबाट राइफलबाट गोली हानिएको थियो। त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरु सुनिएको थियो ।राष्ट्रपति जो बाइडेनले घटनाको निन्दा गरेका छन्।