बलात्कारको आरोपमा एक जना पक्राउ

HTV Khabar २१ असार २०८१, बिहीबार ०७:४९ मा प्रकाशित

काठमाडौं,१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

बलात्कारको आरोपमा प्रहरीले नुवाकोटको बेलकोटगढी गाउँपालिका-१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई पक्राउ गरेको हो।चन्द्रागिरि नगरपालिका-१२ मा एक १६ वर्षीया किशोरीलाई उनले बलात्कार गरेको प्रहरीमा निबेदन परेको थियो।

मगरले ती किशोरीलाई विगत १०/१२ दिनदेखि बन्धक बनाइए बलात्कार गरेको भन्ने उजुरी परेपछि प्रहरी प्रभाग बलम्बुको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका मगरविरुद्ध बलात्कार कसुरमा अनुसन्धान अघि बढाइएको छ।