संसदीय छानबिन समितिमा रास्वपाका सभापति लामिछानेसँग बयान लिने तयारी

HTV Khabar ३ भाद्र २०८१, सोमबार ११:२४ मा प्रकाशित

काठमाडौं,  सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वत्नत्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिने तयारी गरेको छ।



समितिले आईतवार राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्यसँग बयान लिएको थियो।
आचार्यले गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टरका रूपमा समेत काम गरेका थिए। जीबी राई नेतृत्वमा खुलेको सहकारीबाट बचतकर्ताको रकम अपचलनमा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सह-महामन्त्री आचार्य पनि जोडिएको देखिन्छ।

समितिले शनिवार सुप्रिम सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोप लागेका दीपेश पुनसँग पनि बयान लिएको थियो। समितिले हालसम्म सहकारी ठगीमा थुनामा रहेका सञ्चालक तथा आरोपीसँग पनि बयान लिइसकेको छ।

सोधपुछको काम अन्तिम चरणमा पुर्‍याएको समितिले जनाएको छ। तीन महिनाको कार्यावधि पाएको समितिले समस्याको पहिचान र सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझाउने कार्यभार छ।