अफ्रिकी मुलुक मलावीका उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता

HTV Khabar २९ जेठ २०८१, मङ्गलबार ११:५० मा प्रकाशित

काठमाडौं, पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता भएको छ।


पूर्वी अफ्रिकी देश मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमानसँग सम्पर्कविहीन भएको र विमानको स्थानबारे जानकारी नआएको बताएका छन्।


राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको जनाएको छ। विमान मलावीको राजधानी लिलोग्वेबाट सोमवार बिहान उडेको थियो।

उक्त विमानमा उपराष्ट्रपतिसहित दशजना सवार थिए। रिपोर्टका अनुसार विमान आफ्नो गन्तव्य मजुजुमा अवतरण गर्न असफल भएको थियो। मजुजु मलावीको उत्तरी क्षेत्रमा स्थित छ।