काठमाडौं, लायन्स क्लब अफ काठमाडौ स्र्पोटस सोसाईटिको आयोजनमा आगामी महिना गर्भनस कप फुटसल प्रतियोगिता हुने आज आयोजित एक कार्यक्रममा घोषणा भएको छ। जोन चियरपर्सन दामोदर भट्राईको सभापतित्वमा सम्पन्न पहिलो गभर्नस एडभाईजर बैठकमा उक्त निर्णय गरिएको हो।
काठमाडौको सुर्य इभेन्टसमा भएको बैठकमा नेपालको चार्टर एकाउटेण्ट परिक्षा पहिलो र दोस्रो क्यापमा प्रथम हुने अस्मिता तिमल्सिना तथा नेपालको यु १७ टिमका म्यानेजर विजेन्द्र पुडाशैनीलाई सम्मान सहित गभर्नस पिनले सम्मानित गरिएको थियो।
गभर्नर डा.कमल कायस्थ, प्रथम डिष्ट्रिक्ट भाइस गर्भनर विधान जोशी, द्धितिय भाइस गर्भनर उत्तम कायस्थ, पिएमसिसि केशव पाण्डे , पिएमसिसि कयामउद्धिन, डिष्ट्रिक्ट सेक्रेटरी रुकेश रञ्जित, गर्भनरस चिफ एडभाइजर अग्नि विलाश अधिकारी,कोचिफ एडभाईजर चन्द्र दाहाल, लायन्स इन्सटिच्युट चिफ रुसका वैध , डिष्ट्रिक्ट काउन्सिलर अनन्त खड्का क्लसटर चिफ रिता दाहाल, रिजन चियर पर्सन राजन न्यौपाने, जोनका चिर्यरपर्सनहरु दुर्गा शिलवाल, पर्वताआरोही तथा जोन चिर्यरपर्सन माया शेर्पा, समित्रा पाण्डे, लगायत विभिन्न क्लबका पदाधिकारीहरु समेतको उपस्थिती रहेको थियो।
जोन बैठक बाट विभिन्न एजेण्डाहरु पास गरिएको थियो। आगामी वर्षका लागि डिष्ट्रिक्ट गर्भनरको मुख्य योजनाहरुमा विद्यालयका बालबालिकाहरुका लागि झोला, रक्तदान कार्यक्रम तथा स्वास्थ्य शिविरहरु आयोजना गर्नका लागि लायन्स क्लब अफ काठमाडौं नाराणथान,(अशोकराज पाण्डे) लायन्स क्लब अफ काठमाडौं इक्युटी (बद्री खड्का) लायन्स क्ल्ब अफ काठमाडौ सेभर लगायतका क्लबका अध्यक्षहरुले आफ्नो रिर्पोट प्रस्तुत गरेका थिए।