लमजुङ कारागारको पर्खाल भत्कियो, १०९ जना कैदी र थुनुवा स्थानान्तरण

HTV Khabar ५ श्रावण २०८२, आइतबार ११:०४ मा प्रकाशित

काठमाडौं, बेंसीसहरस्थित जिल्ला कारागारको पर्खाल भत्किएपछि १०९ जना कैदी र थुनुवा तनहुँको दमौली र कास्कीको पोखरा स्थानान्तरण गरिएको छ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार बुधवार परेको भारी वर्षाले कारागारको पश्चिमपट्टि रहेको पर्खाल भत्किएपछि सुरक्षाको कारण स्थानान्तरण गरिएको हो।

तीमध्ये ६ महिला सहित ३१ जना दमौली र ७८ जना पोखरा पठाइएका छन्। सशस्त्र प्रहरीको स्कर्टिङमा चारवटा बस र एउटा माइक्रोबसमार्फत उनीहरूलाई स्थानान्तरण गरिएको थियो। उनका अनुसार कारागार मर्मत नभएसम्म उनीहरू पोखरा र दमौलीमै बस्नेछन्।

वि.सं. २०२८ मा बनेको यो कारागार ३५ जनाको क्षमता भए पनि हाल १०८ जना राखिएको थियो। जीर्ण संरचनाले थप जोखिम बढेपछि स्थानान्तरण गरिएको जनाइएको छ।