सरकार र चिकित्सक संघ बीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

HTV Khabar २९ माघ २०७९, आइतबार ०७:३२ मा प्रकाशित

सरकारसँगको वार्तापछि नेपाल चिकित्सक संघले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।

गत शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा सुरक्षाकर्मीबाट एक डाक्टरमाथि भएको कुटपिटको विरोधमा आईतवार आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा ठप्प पारेको संघले सरकारसँगको वार्तापछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो।

वार्तापछि संघका अध्यक्ष डा लोचन कार्की र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एवं वार्ता टोलीकमा संयोजक डा.गणेशप्रसाद पाण्डेयले हस्ताक्षर गरेको सहमतिअनुसार संघले अगाडि सारेका सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्काल स्थगित गर्ने उल्लेख छ।

साथै चिकित्सकलाई कुट्ने सुरक्षाकर्मीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचार सरकारले गर्नेलगायतका बुँदामा सहमति भएको छ।