प्रहरीमा एसपीका ११ दरबन्दी कहाँ–कहाँ थपियो ?

HTV Khabar २२ पौष २०८२, बुधवार ०९:५७ मा प्रकाशित

काठमाडौं,  सरकारले नेपाल प्रहरीमा एसएसपी, एसपी र डिएसपीका ३–३ दरबन्दी थप गरेको छ। त्यस्तै, इन्सपेक्टरका ६ दरबन्दी थपिएको छ।

आईतवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरी नयाँ दरबन्दी मिलान गरेको हो।एसएसपीका तीन पद प्रहरी महानिरीक्षकको सचिवालय, सिआइबी र कानून महाशाखामा राखिएको छ।

त्यस्तै, एसपीको तीन दरबन्दी थप र एक दरबन्दी स्थानान्तरण गरिएको छ। प्रहरी महानिरीक्षकको सचिवालय, सिआइबी र प्रहरी अस्पतालमा एसपीको दरबन्दी थप गरिएको हो।

त्यस्तै, सिंहदरबार गणमा पनि एसपी राख्ने तयारी छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको एसपीको पदलाई स्थानान्तरण गरी सिंहदरबार गणमा राख्न लागिएको हो। सो गणमा हाल डिएसपी इन्चार्ज रहन्छन्।

सिआइबी, कानून र अन्वेषणमा डिएसपीको १–१ दरबन्दी थप भएको छ। इन्सपेक्टरका ६ दरबन्दी पनि यीनै निकायमा थप गरिएको छ।

प्रहरी अस्पतालमा तल्लो पद कटौती गरी एसपीका ८ दरबन्दी थप गरिएको छ। प्राविधिक र प्रशासनतर्फ गरेर समग्रमा एसपीको ११ दरबन्दी थप भएको छ।