काठमाडौं, लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ 'एम' को वर्ष २०२४/२५ को पहिलो क्याबिनेट अफिसर ईन्स्टालेसन तथा क्याबिनेट बैठक हुँदैछ।
लायन्स अन्तर्राष्ट्रिय डाईरेक्टर बालकृष्ण बुर्लाकोटीको प्रमुख आतिथ्यता तथा डिष्ट्रिक्ट ३२५ 'एम' का गभर्नर चण्डीप्रसाद अर्यालको सभापतित्वमा बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा यही साउन २६ गते शनिवार हुनलागेको को-चिफ एड्भाईजर माधव पाण्डेले एचटिभी खबरलाई बताएका छन्।
उक्त महत्त्वपूर्ण कार्यक्रममा सहभागिताको लागि गण्डकी क्षेत्रबाट करिब दुईसय जनाले र बागमती क्षेत्रबाट करिब तीनसय गरि पाँचसय जना भन्दा बढीको नाम दर्ता भइसकेको रजिष्ट्रेसन उपसमितिका ताराप्रसाद त्रिपाठीले जानकारी दिएका छन्।
लायन्स क्लब अफ काठमाडौं रेसुङ्गाले व्यवस्थापन जिम्मेवारी लिएको कार्यक्रममा लायन वर्ष २०२४/२५ का लागि क्याबिनेटमा मनोनीत भएका अफिसरहरुको पदस्थापनका साथै पहिलो क्याबिनेट बैठक सम्पन्न हुने चिफ काउन्सिलर यमुना भण्डारीले जनाइन्।
कार्यक्रम साउन २६ गते शनिवार बिहान ८:०० देखि हुने माधव पाण्डेले प्रस्ट्याएका छन्। आफ्नो नाम दर्ता गर्न छुट भएकाको लागि कार्यक्रम स्थलबाट पनि दर्ता गर्न सकिने उनलेे बताए।