काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नेपाल वायुसेवा निगमका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं –२६ बस्ने ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका–३ बस्ने ३५ वर्षीया ममता पाण्डे छन्।
उनीहरूलाई आईतवार साँझ पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालले रातोपाटीलाई बताए। तोकिएको भन्दा धेरै विदेशी मुद्रा बोकेर उनीहरू मलेसिया जान लागेको भेटिएको छ।
राष्ट्र बैङ्कको मापदण्ड अनुसार ५ हजार डलर भन्दा धेरै विदेशी मुद्रा लैजान पाइँदैन। प्रहरीले बज्राचार्यको साथबाट १२ हजार ३ सय ७२ मलेसियन रिंगेट र ४ हजार ३ सय अमेरिकी डलर बरामद गरेको छ। पाण्डेको साथबाट प्रहरीले ४२ सय अमेरिकी डलर र १२ हजार ३२८ रिंगेट बरामद गरेको छ।