ढुंगाखानी संञ्चालन गर्न खोजे ‘लाइफ ड्यामेज’ पार्ने कांग्रेस सांसद बस्नेतको चेतावनी

HTV Khabar ६ भाद्र २०८१, बिहीबार ०१:५२ मा प्रकाशित

काठमाडौं, नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले जिल्लामा रहेका अवैध ढुंगाखानी कसैले सञ्चालन गर्न खोजे ‘लाइफ ड्यामेज’ बनाइदिने चेतावनी दिएका छन्। जिल्ला समन्वय समितिको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै सांसद बस्नेतले यस्तो चेतावनी दिएका हुन्।

उनले सिन्धुपाल्चोकमा सञ्चालनमा रहेको ढुंगाखानी सबै अवैध रहेको भन्दै कसैले सञ्चालन गर्न खोजे ‘लाइफ ड्यामेज’ बनाइदिने चेतावनी दिए। सांसद बस्नेतले जुगल गाउँपालिकालगायत विभिन्न ठाउँमा अहिले पनि अवैध ढुंगा खानी रहेको दाबी गरे।

त्यसले गर्दा विपत्तिका घटना भएकोले कुनै पनि निकायले अबदेखि यस्ता खानी सञ्चालन गरे लाइफ ड्यामेज बनाइदिने बताए। प्रहरी प्रशासन, जनप्रतिनिधि र कर्मचारीले ढुंगाखानी सञ्चालनमा सहयोग गरे सबैको लाइफ ड्यामेज हुने गरेर आफू अगाडि बढ्ने सांसद बस्नेतले चेतावनी दिए।