काठमाडौं, लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन मोरङको रंगेलीमा प्रहरीले २ राउन्ड हवाइ फायर गरेको छ। हवाइ फायर गरेर प्रहरीले अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, सोही ठेगाना भएका ३८ वर्षीय सुशिल बुढाथोकी र अर्की एक भारतीय महिला रहेका छन्। भारतीय महिलाको भने पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ।