काठमाडौं, काठमाडौं प्रहरीले ७ करोड रुपैयाँ ठगी गरेर फरार भएका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
धनुषा जनकपुर उपमहानगरपालिका १६ घर भई सुनसरीस्थित अन्जनी हार्डवेयर एन्ड सप्लायर्स पसल सञ्चालन गर्दै आएका रतन ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ठाकुरलाई मङ्गलवार बानेश्वरबाट पक्राउ गरेको हो। ठाकुरलाई जिल्ला अदालत सुनसरीले पक्राउ गर्न अनुमति दिएको थियो। त्यसलगत्तै फरार रहेका उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।
ठाकुरलाई हैदर अलीले ७ करोड बराबर बिगो दाबी गर्दै ठगी सम्बन्धी मुद्दा दायर गरेका थिए।उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।