नेपाल प्रहरीका पाँचजना एसपी एसएसपीमा बढुवा सिफारिस

HTV Khabar २५ कार्तिक २०८०, शनिबार ११:०५ मा प्रकाशित
काठमाडौं, नेपाल प्रहरीका पाँचजना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। शुक्रवार बसेको बढुवा समितिको बैठकले पाँचजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो।


प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकाशन गरेको सूची अनुसार सिफारिस हुनेमा बसन्त रजौरे, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई रहेका छन्।


बढुवा समितिले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले जानकारी दिए।