काठमाडौं, जोसेफ एडुकेशनल नेटवर्क अन्तर्गत जोसेफ स्कुलका विद्यार्थीले (एसइई) माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका छन्।
जसमा जोसेफ हाईस्कुल तर्फ २०८१ साल चैतमा सम्पन्न एसइईमा सहभागी ९० जना विद्यार्थी मध्ये ७ जनाले '४:००' जिपिए प्राप्त गरेका छन् भने ८३ जनाले 'ए प्लस' ल्याउन सफल भएका छन्।
त्यस्तै ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलका ४७ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए। जसमध्ये ३ जनाले '४:००' जिपिए प्राप्त गरेका छन्। ४० जनाले 'ए प्लस' र ४ जनाले 'ए' हासिल गरेको जोसेफ एडुकेशनल नेटवर्कका अध्यक्ष तथा संस्थापक प्राचार्य सूर्यबहादुर अधिकारीले एचटिभी खबरलाई बताएका छन्।
त्यस्तै प्राचार्य अधिकारीले जोसेफ एडुकेशनल नेटवर्क अन्तर्गत एसइईमा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थी, अभिभावक र उत्कृष्ट नतिजा ल्याउन कडा मेहनत गर्ने शिक्षकहरुलाई बधाई तथा धन्यवाद व्यक्त गरेका छन्।