एक करोड बढीको सुन, चाँदी र नगदसहित तीजना पक्राउ

HTV Khabar २३ मंगशिर २०८१, आइतबार ०९:०४ मा प्रकाशित

काठमाडौं,  सशस्त्र प्रहरीले कैलालीमा एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्लाको भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिवार साँझ एक करोड बराबरको सामानसहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलाली मातहत बोर्डर आउट पोष्ट (बीओपी) पगियापसारले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका-१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका-१ का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका-११ का ३२ वर्षीय महेश सुनार रहेका छन्।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्दा ८० लाख ७९ हजार ५६१ रुपैयाँ बराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९१४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६२५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडाकुडासहित नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।