लागुऔषध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा प्रभातफेरी

HTV Khabar १३ असार २०८१, बुधवार ०९:३८ मा प्रकाशित

काठमाडौं, लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ।

विशेष गरेर बढ्दो लागुऔषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वास्थ्य जीवन जीउने वातावरण सिर्जनाका लागि हरेक वर्षको जुन २६ मा यो दिवस मनाउने गरिन्छ।

सो अवसरमा गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखा मूल आयोजक समितिले विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दैछ। समितिले आज बिहान मा प्रभात फेरी कार्यक्रम सम्पन्न गरेको छ।