युरोपियन च्याम्पियन्स लिगमा सेभियालाई पराजित गर्दै आर्सनल विजयी

HTV Khabar ८ कार्तिक २०८०, बुधवार ०८:०४ मा प्रकाशित

युरोपेली च्याम्पियन्स लिग फुटबलमा आर्सनलले दोस्रो जित निकालेको छ। गएराति भएको समूह ‘बी’ को खेलमा घरेलु टोली सेभियालाई  २–१ गोलले हराउँदै आर्सनल विजयी  भएको हो।

आर्सनलका गाब्रियल  मार्टिनेली र जेसुसले एक–एक गोल गरेका थिए। यस्तै सेभियाका नेमान्जा गुडेल्जीले एक गोल फर्काएका थिए।

यो जितसँगै समूह ‘बी’ मा तीन खेलबाट आर्सनल ६ अंकका साथ शीर्षस्थानमा छ। पराजित भएको सेभिया  २ अंकसहित तेस्रो स्थानमा छ। पाँच अंक भएको लेन्स दोस्रो स्थानमा छ।