काठमाडौं, नेपाल वायुसेवा निगम (एनएसी) ले काठमाडौंबाट रोजगारीका लागि खाडी मुलुक र मलेसिया जाने श्रमिकलाई १० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ।
एनएसीले दमाम, दोहा, दुबई र क्वालालाम्पुर जाने श्रमिकलाई प्रत्येक उडानमा १० सिटमा साविकको भाडामा १० प्रतिशत छुट दिने भएको हो।
‘श्रम मुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयका टिकट काउन्टरबाट छुट भाडादरको सेवा लिन सकिन्छ,’ एनएसीले शुक्रवार जारीगरेको प्रेस विज्ञप्तिमा भनिएको छ।