काठमाडौं, फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर अखिल नेपाल महिला संघ (एकीकृत समाजवादी) ले आयोजना गरेको काठमाडौं क्षेत्र नं.-४ को महिला भेला सम्पन्न भएको छ।
काठमाडौंको तारेभिरमा वनभोजको रूपमा आयोजित वृहत् कार्यक्रममा उपस्थित करिब १७० जना महिलाको भेलाले काठमाडौं क्षेत्र नं-४ मा २१ सदस्यीय अनेम संघ (एकीकृत समाजवादी) को गठन गरेको छ।
नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य कुसुमकुमार कार्कीको संयोजकत्वमा अनेम संघ (एकीकृत समाजवादी) काठमाडौं जिल्ला अध्यक्ष सरिता खनाल र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा काठमाडौं -४ कि इन्चार्ज भक्तकुमारी भुजेल रहेको तीन सदस्यीय निर्वाचन कमिटीले जुझारु नेत्री मीना पाण्डेको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो।
कार्यक्रममा बौद्धिक व्यक्तित्वहरु भगवती नेपाल, परशुराम देवकोटा, कुमार प्रसाद ओझा, दुर्गाप्रसाद आचार्य, तुलसी पनेरू, काठमाडौं ४ का संयोजक ठाकुर प्रसाद खकुरेल लगायतका नेताकार्यकर्ताहरुको र अन्य अतिथिहरु गरेर करिब २०० भन्दा बढीको उपस्थिति रहेको थियोे।
उपस्थित अतिथिहरुले अनेम संघ (एकीकृत समाजवादी) काठमाडौं -४ क्षेत्रीय कमिटीको सफलताको लागि शुभकामना दिएका थिए।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य कुसुमकुमार कार्कीले देश र जनताको हित चाहने हो भने राजनैतिक दलका नेताकार्यकर्ता सुध्रन अत्यन्तै जरुरी रहेको बताए। नेपाली जनतालाई नेताहरूको कार्यशैलीबाट वितृष्णा पैदा भएको बताउँदै नेकपा एकीकृत समाजवादीमा पनि स्वच्छ छवि भएका व्यक्तिहरुलाई अवसर दिनुपर्छ भन्ने विचार व्यक्त गरेका थिए।
वनभोजसंगै भएको महिला भेलामा उपस्थित सबैले हार्दिकतापूर्वक मनोरञ्जन गरेका थिए। कार्यक्रमको अन्त्यमा उपस्थित जोडीहरु बीच नृत्य प्रतिस्पर्धा गराईएको थियो। प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय हुने जोडीलाई पुरस्कृत गरिएको थियो।
नव गठित क्षेत्रीय कमिटी
पदाधिकारीहरु :- मीना पाण्डे-अध्यक्ष, डम्बरी पनेरु-उपाध्यक्ष, सुनिता केसी-उपाध्यक्ष, बिनु क्षेत्री-सचिव, कल्पना तामाङ-सहसचिव, सविता न्यौपाने-कोषाध्यक्ष,
सदस्यहरु :- मथुरा केसी, तुलसा त्रिपाठी, गीता पाठक, कल्पना गौतम, पार्वती खतिवडा, अनिता ढकाल (चौलागाईं), दुर्गा चौलागाईं, मनिसा माया तामाङ, गोमा केसी, गीता गौतम, मालती भुजेल, निर्मला भुजेल, सरु दाहाल, मुन्नी श्रेष्ठ र गीता पाण्डे
सल्लाहकारहरु :- तुलसादेवी खकुरेल, गंगादेवी कडेल, उषादेवी पौडेल, माया गुरुङ र शान्ता कुईकेल रहेक छन्।