साढे ३ लाख मूल्य बराबरका पटाकासहित गुप्ता पक्राउ

HTV Khabar १९ कार्तिक २०८०, आइतबार १०:४३ मा प्रकाशित
बुटवल, बुटवलबाट साढे ३ लाख रुपैयाँ बराबरका पटाकासहित एकजना पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार ३ लाख ३७ हजार ९ सय ८१ बराबरको पटाकासहित बुटवल-५ का २१ वर्षीय सुरज गुप्ता पक्राउ परेका हुन्। बिक्रीका लागि बुटवल-६ सुन्दरनगरमा सुरज गुप्ताको घरमा भण्डार गरेर राखिएको पटाका बरामद गरिएको प्रहरीले जनाएको छ।