काठमाडौं, बिर्तामोड मुख्य कार्यालय रहेको हाम्रो नेपाल सहकारी संस्था लिमिटेडको ३ करोडभन्दा बढी रकम हिनामिना गर्ने एक कर्मचारी पक्राउ परेका छन्।
३ करोड ३५ लाख ४०० रुपैयाँ हिनामिना गरेको आरोपमा सहकारीका शिवगञ्ज सेवा केन्द्रका प्रमुख जीवन भुजेल पक्राउ परेका हुन्।
गौरादह-२ घर भई हाल सहकारीको शिवगञ्ज सेवा केन्द्रको प्रमुख रहेका २८ वर्षीय भुजेलले सहकारीको सम्पत्ति, बचत तथा ऋण हिनामिना गरेको आरोप लागेको हो।
सहकारीले उजुरी दिएपछि भुजेललाई चैत ३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए। उनलाई हिजो पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिएका छन्।