प्रधानसेनापति शर्मा र अमेरिकी इन्डो-प्यासिफिक कमान्डर एडमिरलबीच भेटवार्ता

HTV Khabar १५ फाल्गुन २०८०, मङ्गलबार ११:४५ मा प्रकाशित

काठमाडौं, प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी सेनाका इन्डो प्यासिफिक कमान्डर एडमिरल जोन सी अक्युलिनोबीच शिष्टाचार भेटवार्ता भएको छ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको भेटवार्तामा उनीहरुबीच वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन भइरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास–४ लगायत आपसी चासोका विषयमा विचार–विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।


नेपालको तीनदिने भ्रमणमा आएका अक्युलिनोलाई यसअघि जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो।