एजेन्सी, अफगानिस्तानको सबैभन्दा ठूला सहरहरूमध्ये एक मजार–ए–शरीफनजिकै भूकम्प गएको छ।
अफगानिस्तानको उत्तरी क्षेत्रमा सोमवार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको हो।अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्र खुल्म सहरबाट २२ किलोमिटर पश्चिम–दक्षिण–पश्चिममा थियो।
यसको गहिराइ २८ किलोमिटर गहिराइमा मापन गरिएको छ। स्थानीय समयअनुसार राति करिब १ बजे भूकम्पको झट्का महसुस गरिएको थियो।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको म्याग्निच्युड ६.३ रहेको छ। यसबाट ठूलो संख्यामा हताहत हुनसक्ने चेतावनी दिइएको छ।