काठमाडौं, नेपाली सेनाका उपरथी निर्मल कुमार थापालाई रथी पदमा बढुवा गर्न सूचना प्रकाशन गरिएको छ।
बुधबार जंगी अड्डाले बढुवाका लागि ७ दिनको सूचना प्रकाशन गरेको सैनिक प्रवक्ता (सहायकरथी) कृष्ण प्रसाद भण्डारीले बताए।
रिक्त रथी पदोन्नति गर्नुअघि उम्मेदवारविरुद्ध दाबी विरोध गर्न सकिने कानुनी व्यवस्था छ। उपरथी थापा सिरियास्थित युएन मिसनमा फोर्स कमाण्डर छन्। सिरिया मिसनको नेतृत्व नेपाली सेनाले गरेको छ।