सर्लाहीमा ट्राफिक सहायक हबल्दार दासलाई कुटपिट

HTV Khabar ४ कार्तिक २०८२, मङ्गलबार ०३:२७ मा प्रकाशित

काठमाडौं,  जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यरत सहायक हबल्दार हिरालाल दासलाई कुटपिट गरिएको छ।

दासलाई अर्काकी श्रीमतीसँग आपत्तिजनक अवस्थामा रंगेहात स्थानीयले समातेका र कुटपिट भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख एवं प्रहरी निरीक्षक रजोस घिमिरेले बताए। सहायक हबल्दार दास ट्राफिक प्रहरी निरीक्षक घिमिरेका विश्वासका पात्र हुन्।

सहायक हबल्दार दास सर्लाही आएको देखिनै पटक–पटक यस्तै झमेलामा परिरहेका छन्। उनको बचाउ गरे वा गरेनन्, कतै रकममा त लोभी छैनन् ट्राफिक प्रहरी निरीक्षक घिमिरे ? यो ट्राफिक प्रहरीकै प्रश्न हो?

यो घटना सोमवार बिहान करिब ११ बजेको हो। सहायक हबल्दार हिरालाल दासलाई अर्काकी श्रीमतीसँग आपत्तिजनक अवस्थामा उनको घरमा समातेपछि स्थानीयले हबल्दार दासको रामधुलाई भएको ट्राफिक स्रोत बताउँछन्। सहायक हबल्दार हिरालाल दासको उपचारको क्रममा नमूना अस्पतालमा टाउकोमा ४ ओटा टाका र निधारमा २ ओटा टाका लगाइएको छ।

यो घटना पछि परस्त्रीलाई माइतीको जिम्मा लगाइएको र सहायक हबल्दार हिरालाल दासलाई उनको श्रीमतीको जिम्मा लगाएर पठाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यरत सहायक हबल्दार हिरालाल दासलाई कुटपिट हुँदा निरीक्षक घिमिरेले भने “उनीहरूकै घरको विषय हो” भन्दै पन्छिए।

अर्काकी श्रीमतीसँग आपत्तिजनक अवस्थामा फेला परी रामधुलाई भेटेका प्रहरी सहायक हबल्दार, जसले यसअघिपनि सोही विषय र सोही मानिससँग शंकास्पद गतिविधि भएको भन्दै रामधुलाई भेटेका थिए।