आइसीसी टि-२० : नेपाल र ओमानका बिच खेल हुँदै

HTV Khabar १९ कार्तिक २०८०, आइतबार ०८:२८ मा प्रकाशित
काठमाडौं, नेपाल र ओमानका बिचमा प्रतिस्पर्धा हुँदैछ।  आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आज ओमानसँग खेल्न लागेको हो।

त्रिभुवन बिश्वबिद्यालय किर्तिपुरस्थित खेल मैदानमा सो प्रतिस्पर्धा हुनेछ। जसअनुसार सो खेल आइतबार बिहान ११ बजेबाट सुरु हुनेछ। छनौट प्रतियोगिताको फाइनल पुगेका नेपाल र ओमानले टी–२० विश्वकपमा स्थान भने यसअघि नै पक्का गरिसकेका छन्।

नेपालले  संयुक्त अरब ईमिरेट्स (यूएई) लाई ८ विकेटले हराउँदै तथा ओमानले बहराइनलाई १० विकेटले हराएर आज हुने फाइनलका लागि स्थान बनाएर प्रतिस्पर्धामा उत्रन लागेका हुन्।