काठमाडौं, गत भाद्र २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शनका क्रममा लुटपाट तथा चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–३० को रातोपुलस्थित एउटा घरमा ढुंगा, मुढा, तोडफोड र आगाजी गरेर नगद र सुनचाँदी चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा खोटाङको दिप्रुङ चुईचुम्पा गाउँपालिका–३० का २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोक घर बताउने १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुरको हेटौंडा उपमहानगरपालिका –५ का १८ वर्षीय अगम प्रजा छन्। उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।