- गृहपृष्ठ
- तीन महिने नि:शुल्क सिलाई कटाई आधारभूत तालिम सम्पन्न
तीन महिने नि:शुल्क सिलाई कटाई आधारभूत तालिम सम्पन्न
सबिन पन्त 'पृथक'
२ कार्तिक २०८०, बिहीबार ०८:२७ मा प्रकाशित
काठमाडौं, नेपाल प्रहरी श्रीमती संघको आयोजनामा सञ्चालित संचालित ३ (तीन) महिने नि:शुल्क "आधारभूत सिलाई कटाई तालिम" सम्पन्न भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा नक्साल काठमाण्डौ र काठमाण्डौ उपत्यका प्रहरी कार्यालय कल्याण शाखा रानीपोखरी काठमाण्डौको सहयोगमा उक्त सिलाई कटाई तालीम सञ्चालन गरिएको थियो।
श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले तालीममा सहभागी भएर तालीम प्राप्त गरेकाहरुलाई प्रमाणपत्र प्रदान गरेकी थिइन्। दशाैं समुहको उक्त तालीम समापन कार्यक्रमको अवसरमा संघका पदाधिकारीको पनि उपस्थितीमा रहेको थियो।
