हेलि एभरेष्टको तेस्रो हेलिकोप्टर काठमाडौं आइपुग्यो

HTV Khabar ३ मंगशिर २०८०, आइतबार ०७:२५ मा प्रकाशित
काठमाडौं,  हेलि एभरेष्टको तेस्रो हेलिकोप्टर काठमाडौं आइपुगेको छ। व्यावसायिक क्षमता विस्तारअन्तर्गत कम्पनीले हेलिकोप्टर थपेको हो।आउँदो मार्चसम्म आफ्नो हेलिकोप्टर संख्या चार पुर्‍याउने योजना रहेको बजार प्रमुख सीताराम सापकोटाले बताए।


उनका अनुसार कम्पनीले एयरबसको एच१२५ बीथ्रीइ सिरिजको हेलिकोप्टर ल्याएको हो।‘फ्रान्सबाट सिंगापुर‚ कोलकाता र वीरगंज हुँदै कन्टेनरमार्फत हेलिकोप्टर शनिबार काठमाडौं आइपुगेको छ। थप अर्को हेलिकोप्टर फेब्रुअरीमै ल्याउने योजना छ। मार्चबाट चारवटा हेलिकोप्टरमार्फत सेवा दिने छौं‚’ उनले भने।

कम्पनीले गत अगष्टमै दुईवटा हेलिकोप्टर खरिद सम्झौता गरेको थियो। शनिवार काठमाडौं ल्याइएको हेलिकोप्टरलाई नाइन एन-एओए कलसाइन दिइएको उनले बताए।