प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी, आजै रक्षामन्त्रीलाई पनि भेट्ने

HTV Khabar ७ मंगशिर २०८१, शुक्रबार ०९:४३ मा प्रकाशित

काठमाडौं, भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार द्विवेदीले आज अपरान्ह साढे चार बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्ने कार्यक्रम छ।

त्यसअघि उनले रक्षामन्त्री मानवीर राईसँग भेट गर्नेछन्। बुधवार दिउँसो काठमाडौं आइपुगेका द्विवेदीलाई विहिवार राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गरेका थिए। उनी पाँच दिने नेपाल भ्रमणमा आएका हुन्।