जोसेफ हाईस्कुल ऐतिहासिक मोडमा : एसईईमा बागमती प्रदेशमा पहिलो र नेपालकै दोस्रो बन्न सफल

सबिन पन्त 'पृथक' १७ असार २०८१, आइतबार १२:२२ मा प्रकाशित

काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.-१० मिलनचोकस्थित जोसेफ माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा(एसईई) मा ऐतिहासिक सफलता प्राप्त गरेको छ।

२०८० चैत्रमा सञ्चालन भएको एसईईमा जोसेफ माध्यमिक विद्यालयबाट ६६ जनाले परीक्षा दिएकोमा ६ जनाले ४:०० जिपिए प्राप्त गरेका छन्। ४७ जना विद्यार्थीहरुले "ए प्लस" र १३ जनाले "ए" प्राप्त गरेको जोसेफ एडुकेशनल नेटवर्कका अध्यक्ष सूर्यबहादुर अधिकारीले एचटिभी खबरलाई बताएका छन्। 

संस्थापक प्राचार्य अधिकारीले आफ्नो सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् "बिगत २७ बर्ष देखी शिक्षा क्षेत्रमा निरन्तर कृयासिल रही २०८० को SEE परिक्षामा काठमाडौं  उपत्यका तथा बागमती प्रदेशमा हामी प्रथम र नेपाल भरीको नतिजामा जोसेफ हाई स्कुल उत्कृष्ट दोस्रो  स्थानमा छौ भन्ने हामी दाबी गर्न पाउँदा अत्यन्तै गौरबको अनुभुती गर्दै हामी कक्षा ११ मा बिज्ञान, ब्यबस्थापना ,मानबिकी र कानुन बिषयको नयाँ  भर्नाको लागि हार्दिक अनुरोध गर्दछौ।"


अधिकारीले कक्षा ११ मा भर्ना हुन आउने जेहेन्दार विद्यार्थीको लागि उच्च छात्रवृत्ति प्रदान गर्ने बताएका छन्। विद्यालयस्तरको शिक्षा अत्यन्तै राम्रो हुँदै गएको जोसेफको कलेजस्तरको शिक्षा पनि उत्कृष्ट रहेको छ।