काठमाडौं, जेनजी प्रदर्शनको क्रममा सुन्धारा कारागारबाट फरार भएका नेपाल सरकारका पूर्वसचिव टेकनारायण पाण्डे कारागार फर्केका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका पूर्वसचिव पाण्डे मङ्गलवार साँझ कारागार फर्केको स्रोतले बतायो। मङ्गलवार साँझ नै नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक पनि कारागार फर्केका छन्।
उनीहरु आफैं कारागार फर्केको कारागार प्रशासनले बताएको छ। त्यसैगरी आज बुधबार भुटानी काण्डमै जोडिएका बेचन झा पनि कारागार फर्केका छन्। उनी पनि आफैं कारागार फर्केका हुन्।
यसअघि मङ्गलवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भुटानी काण्डमा जोडिएका केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरेर कारागारमा बुझाएको थियो।
एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पनि केही दिनअघि आफैं कारागार फर्केका थिए। जेनजी आन्दोलनको क्रममा २४ भदौमा कारागार तोडफोड गर्दै उनीहरूसहित सुन्धारा कारागारका ३३ सय कैदीबन्दी फरार भएका थिए।