महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा

HTV Khabar ३३ असार २०८१, मङ्गलबार ०६:२५ मा प्रकाशित

काठमाडौं,  महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले राजीनामा दिएका छन्।प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएपछि उनले पदबाट राजीनामा दिएका हुन्।

महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार पद हो। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि उनले पोखरेललाई महान्यायाधिवक्तामा ल्याएका थिए।

तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै पनि निकायमा उजुरी र अभियोजन नरहेको भनी पत्र दिएका कारण पोखरेल विवादमा आएका थिए।