जयशंकरले गरे पशुपतिनाथको दर्शन, रुद्राक्षको बिरुवा पनि रोपे

HTV Khabar २० पौष २०८०, शुक्रबार १२:२४ मा प्रकाशित
काठमाडौं, भारतीय विदेशमन्त्री एस जयशंकर पशुपतिनाथको दर्शन गरेका छन्। विहिवार दुई दिने भ्रमणका लागि नेपाल आएका जयशंकरले आज बिहान पशुपतिनाथ मन्दिर दर्शन एवं पूजाअर्चना गरेका हुन्।


उनले पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरूवा पनि रोपेका छन्। पशुपति मन्दिर परिसरमा उनले रुद्राक्षको एउटा बोट पनि रोपेको पशुपति क्षेत्रविकास कोषले जनाएको छ। उनलाई पशुपति क्षेत्र विकास कोषका पधाकिारीले स्वागत गरेका थिए।


उनले आजै त्रिवि पुस्तकालय तथा भुकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन्। विदेशमन्त्री जयशंकर दिउँसो साढे १२ बजे स्वदेश फर्किने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।


जयशंकरले भ्रमणका क्रममा विहिवारनै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत विभिन्न राजनीतिक दलका प्रमुखरहरूसँग भेटवार्ता गरेका थिए।