जनजागृती मा.वि.मा लायन्स क्लबको सहयोग

सबिन पन्त 'पृथक' २३ असार २०८१, शनिबार ०८:१९ मा प्रकाशित

काठमाडौं, लायन्स क्लब डिष्ट्रीक ३२५ जि अन्तर्गत क्लष्टर पाँच समुहले बूढानीलकण्ठ ११ स्थित रहेको जनजागृती मा.वि.लाई सहयोग गरेको छ।

जिल्ला समन्वय समिति काठमाडौंकि उपप्रमुख शान्ती पाण्डेको प्रमुख आतिथ्यता  तथा विभिन्न वडाका जनप्रतिनिधीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

जोन चियरपर्सन बद्रि भट्टराई (दामोदर)ले संयोजनमा लायन्स सप्ताह अन्तर्गत आयोजना गरिएको कार्यक्रममा नि:शुल्क आँखा शिविर, खेलकुद समाग्री (फुटबल, भलिबल, बास्केबल, टेबलटेनिस, फुटसल, चेस)  वितरण गर्नुका साथै एसईई उत्तिर्ण १३ जना विद्यार्थीहरुलाई स्टेशनरी समाग्री वितरण गरेको हो।

क्लष्टर प्रमुख रिता दाहालको नेतृत्वमा भएको उक्त कार्यक्रममा डिष्ट्रीक अन्तर्गत रहेका विभिन्न क्लबका अध्यक्ष तथा जिम्मेवारीमा रहेका लायन लिडरहरुले उक्त समाग्री विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिव भण्डारीलाई हस्तान्तण गरेका थिए। 

कार्यक्रममा बूढानीलकण्ठ -२ का सदस्य विनोद लामिछाने, बूढानीलकण्ठ - ६ का राजु भण्डारीसहित स्थानीय समाजसेवी तथा सहयोगीहरुको उपस्थिति थियो।

त्यस्तै लायन्स क्लब ३२५ जि. का जिएलटी रुसका वैद्य, रिजन चियरपर्सनहरु रामृकष्ण भट्टराई, राजन न्यौपाने, चिरञ्जीवी खकुरेल तथा जोन चियरपर्सनहरु माया शेर्पा, इश्वर भण्डारी, छिरिंग शेर्पा लगायतका लायन लिडरहरुको उपस्थिती रहेको थियो। 

निःशुल्क आँखा शिविर मा ३५० सेवाग्राहीले  तिलगंगा आँखा अस्पतालका स्वास्थकर्मीहरु बाट सेवा प्राप्त गरेका थिए।

उक्त अवसरमा लायन लिडर रिता दाहाल बाट २ जना बालिकाहरुका लागि वार्षिक छात्रवृत्ति प्रदान गर्ने घोषणा गरी उनिहरुको अभिभावक र विद्यालय संग सहकार्य गर्ने गरी भविष्यमा समेत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी समेत दिएकी थिइन्। 

जोन चियरपर्सन बद्रि भट्टराईले समाजिक रुपमा आयोजना गरिने यस्ता कार्यक्रमहरुले सबैलाई सन्तृष्टि मिल्ने बताउँदै विद्यार्थीहरुको छात्रवृत्ति कार्यक्रममा सक्दो सहयोग गर्ने बताएका थिए। संसारभर जुलाई १ देखी ७ सम्म लायन्स सप्ताह कार्यक्रम सञ्चालन हुँदै आएको छ।